२०८३ कार्तिक १२

माडी पुगेर राम-सीताको मन्दिरमा पूजा गरे ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन्। 


Advertisement


१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम-सीताको मन्दिर पुगेर पूजा गरेका हुन्।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन्।

ओलीले प्रधानमन्त्री हुँदा माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि भएको दाबी गर्दै यस स्थानमा अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए। आफ्नै अग्रसरतामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाए पनि ओली यहाँ आइपुगेका थिएनन्। गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो।

ओली प्रधानमन्त्री हुँदा यस मन्दिरको विषयमा निकै चर्चा हुने गरे पनि हटेपछि ओझेलमा परेको थियो। पछिल्लो समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष र ओलीबीच राम जन्मभूमिको विषयमा जुहारी चल्ने गरेको छ। 

केह दिन अघि प्रचण्डले राजनीतिक षड्यन्त्रकारूपमा ओलीले राम-सीताको बदनाम गरेको टिप्पणी गरेका थिए।

मन्दिर भएको ठाउँ प्रतिनिधि सभामा प्रचण्ड निर्वाचित भएको क्षेत्र हो।

महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap