२०८१ बैशाख १८

प्रधानन्यायाधीशको विवादबारे एमाले बोल्नैपर्छ भन्ने छैन: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै धारणा नराख्ने बताएका छन्।


Advertisement


मंगलबार बिहान मोरङमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले यस विषयमा एमालेले बोल्नै पर्ने केही नभएको बताए।

प्रधानन्यायाधीश राणाले अहिलेको सत्तारूढ गठबन्धनसँग मन्त्रालयमा भागबन्डा खोजेको, न्यायालयको सुधारमा अवरोध गरेको भन्दै उनले कि राजीनामा दिनु पर्ने कि संसदबाट महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला ओलीले यस विषयमा एमाले तटस्थ रहने बताएका हुन्।  

‘पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने,’ ओलीले भने,‘यो राजनीति हो, यो दाउपेच हो। एमाले यसमा संलग्न हुँदैन।’

ओली सरकारमा हुँदा पनि संवैधानिक नियुक्तिलगायत विषयमा प्रधानन्यायाधीश राणाले कार्यपालिकासँग भाग खोजेको आरोप लागिरहेको छ। 

Copy link
Powered by Social Snap