


अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीको संयोजक पदबाट कृष्ण थापाले राजीनामा दिएका छन्।
एन्फाका उपाध्यक्ष समेत रहेका थापाले विधिविधान विपरित कार्य हुँदै आएको भन्दै राजीनामा दिएका हुन्।
Advertisement



उनले आफूलाई कुनै जानकारी नदिइ, सरसल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्ने, एकेडेमीका लगि यू-१३ खेलाडीको अन्तिम नाम सिफारिस गर्ने, बी लाइसेन्स कोर्ष आयोजना गर्ने, राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकहरू नियुक्त गर्ने जस्ता विधिबिधान विपरित कार्य हुँदै आएकोले पदमा बस्न नैतिकताले निमल्ने बताउँदै राजीनामा दिएका हुन्।

थापाले यसअघि यू-१३ छनोटमा आफूसँग सल्लाह नगेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
यस्तै उनले एन्फाको कार्यसमिति बैठकको माग गर्दै अरु दुई उपाध्यक्षसँगै एन्फामा पत्र समेत दर्ता गराएका थिए।






