


पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम इंग्ल्यान्डले सहज जित हात पारेको छ।
बिहीबार कार्डिफ भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
Advertisement



पहिले ब्याटिङ गरेको पाकिस्तान ३५.२ ओभरमा १४१ रनमै अलआउटमा भयो।
पाकिस्तानका लागि फखर जमानले ४७ रन जोड्दा शादब खानले ३० रन बटुले। अन्य ब्याट्सम्यानमै सस्तैमा आउट भए।
बलिङमा इंग्ल्यान्डका सकिब मोहमुदे ४ विकेट लिए।

१४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर फिल साल्टले ७ रनमा आउट भए। डेभिड मालनले नटआउट ६८ रन र जाक क्रलीले नटआउट ५८ रन जोडे।





