२०८२ चैत्र १

Tag: national energy company

दशकमा सतक नाराका साथ लम्किदै नेशनल इनर्जी कम्पनी

दशकमा सतक नाराका साथ लम्किदै नेशनल इनर्जी कम्पनी

कभर स्टोरी
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार हुँदै गएको सन्दर्भमा National Energy Company ले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो औपचारिक यात्रा सुरु गर्ने भएको छ। दशकभित्र १०० मेगावाट ऊर्जा परियोजना विकास वा नेतृत्व गर्ने लक्ष्यसहित कम्पनीले “दशकमा सतक” नारालाई अघि सारेको छ। नेशनल इनर्जी कम्पनी, A.F.T.I. Investments Limited को सहायक कम्पनी हो। ए.एफ.टि.आई. इनभेस्टमेन्ट्सले ऊर्जा क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा लिँदै आएको छ, विशेषगरी सौर्य ऊर्जा क्षेत्रलाई आफ्नो “फ्ल्यागशिप सेक्टर” का रूपमा परिभाषित गरेको छ। यही रणनीतिक सोचका आधारमा नेशनल इनर्जी कम्पनीले सुरुमा सौर्य ऊर्जा परियोजनाबाट आफ्नो काम अघि बढाउने योजना बनाएको छ। नेपालमा सौर्य ऊर्जा परियोजनाहरू तुलनात्मक रूपमा छिटो विकास गर्न सकिने र विभिन्न भौगोलिक क्षेत्रमा यसको सम्भावना राम्रो रहेको कारण कम्...