२०८१ बैशाख १९

निषेधाज्ञामा कर नतिरे जरिवाना नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञा अवधिभर कर नतिरे करदातालाई जरिवाना नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। 

अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको रिटमा बुधबार न्यायाधीश मिरा खड्काको इजलासले बरू निषेधाज्ञा खुलेको ३० दिनभित्र करको विवरण र कर बुझाइसक्ने गरी व्यवस्था गर्न आदेश गरेको हो। 

‘निषेधाज्ञा लागू भएको समय अवधिसम्म मूल्य अभिवृद्धि कर विवरण र  कर दाखिला नगरेमा जरिवाना असुल नगर्नू, नगराउनू।

बन्दाबन्दी पूर्णरूपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउने सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु भनि विपक्षीहरूको नाममा  अन्तरिम आदेश जारी गरिदिएको छ,’ उक्त इजलासले भनेको छ। 


Advertisement


कोरोना लकडाउनको समयमा उद्योग कलकारखाना नखुल्ने,अन्य कारोबारसमेत नहुने र आवतजावतमा रोक लगाएको अवस्थामा कर तिर्न कार्यालयसम्म जाने स्थिति नरहेको भन्दै यस्तो आदेश दिएको हो। 

‘सामान्य परिस्थितिमा सम्पूर्ण विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड-१९ सिर्जित निषेधाज्ञाको विषम अवस्थामा करदाताले करको विवरण र कर दखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिँदैन,’ सर्वोच्चको आदेशमा भनिएको छ।

Copy link
Powered by Social Snap