२०८१ बैशाख १३

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको निधन

साभार: कान्तिपुर

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका : सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स : इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् ।

साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् । मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ ।

Copy link
Powered by Social Snap