२०८० चैत्र १६

प्र.म.ओली द्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन्लाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।


Advertisement


प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शानदार जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नयाँ नेतृत्वसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ ।’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap