२०८१ बैशाख २०

कोरोनाले गर्दा भक्तपुरमा यो वर्ष ईट्टा उत्पादन नहुने

भक्तपुर । भक्तपुरका ईटा व्यवसायीहरुले नयाँ ईट्टा उत्पादन नगर्ने भएका छन् । कोरोना भाइरस त्रास कायमै रहेकाले कामदार ल्याउन समस्या भएको हुनाले यस वर्ष भक्तपुरमा नयाँ ईट्टा उत्पादन नहुने भएको हो ।  भक्तपुर ईट्टा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाकाअनुसार स्थानीय सरकार र व्यवसायीहरुको भावनालाई मध्यनजर गर्दै यो वर्ष उद्योग सञ्चालन नगर्ने छलफल भएको हो । तर, यस वर्ष नयाँ ईट्टा उत्पादन नभएपनि गतसालको ईट्टा बजारमा पर्याप्त भएकाले अभाव नहुने र मूल्य पनि नबढ्ने अध्यक्ष हेम्बाको भनाई छ ।

विगतका वर्ष धान काट्न सकेपछि भक्तपुरमा ईट्टा भट्टाको सिजन सुरु हुने गर्दथ्यो । तर, यस वर्ष भने कोरोना महामारीका कारण नयाँ ईट्टा उत्पादन नहुने व्यसायीहरु बताउँछन् । ईट्टा व्यवसायी संघ भक्तपुरकाअनुसार चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा गरेर ६४ ईटा भट्टाहरु सञ्चालनमा रहेका छन् । तिहार सकिएपछि सुरु हुने ईट्टा बनाउने पोल्ने कार्य बैशाखमा समाप्त हुन्छ । 


Advertisement


व्यवसायीले नगरपालिकालाई तिर्दैं आएको स्थानीय कर बापत बुझाउनु पर्ने प्रति भट्टा ७ लाख रुपैयाँ समेत नबुझाउन नसक्ने बताएका छन् । ईट्टा उत्पादन नहुने भएपछि एक व्यवसायीलाई करिब ४० लाख रुपैयाँ भन्दा धेरै नोक्सान हुने उनीहरुको भनाई छ । 

भक्तपुरका ईटा भट्टाहरुमा विषेश गरि सल्यान, रोल्पा, रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा, सर्लाहीलगायतका जिल्ला र भारतबाट समेत  मजदुरहरु आउने गर्दछन् ।  व्यवसायीहरुले ईट्टा उत्पादन नगर्ने भएपछि काचोँ ईटा बनाउने, गाडीमा लोड गर्ने, पोल्ने, गाडी चलाउने लगायतका कार्य गर्ने करिब ५० हजार मानिसको रोजगारी गुम्ने भएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap