२०८१ बैशाख ११

दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने

साभार: रातोपाटी

काठमाडौं । यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन लगाउने छैन । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि छैन । तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् ।  भट्ट भन्छन्, ‘यसपटक हामी लाइन लगाएर बाँढ्ने पक्षमा छैनौँ । यदि नयाँ नोट चाहिए हामी बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरु मार्फत सर्वसाधारणले लिन सक्छन् ।’


Advertisement


पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले  समावेशी बनाइसकेको छ ।  गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ । 

कोरोना माहामारीका कारण यस पटकको दशैँमा सरकारले काम तथा पढाइको शिलशिलामा अन्यत्र भएकाहरुलाई घर नफर्कन समेत आग्रह गरेको छ । जो जहाँ छन् त्यहीँ दशैँ सरकारको आग्रह छ ।  

Copy link
Powered by Social Snap