२०८१ बैशाख ११

सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने




२२ पुस, काठमाडौं । प्रभु बैंकले लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकको १४ पुसमा सम्पन्न वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।


Advertisement


साधारणसभबाट एक्विजिसज प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएको हो ।



संयुक्त कारोबार पछि १५ दिनका लागि सेञ्चुरी बैंकको सेयरधनीको कारोबार पनि रोक्का हुने भएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (२) बमोजिम एकीकृत कारोबार पश्चात् सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि २६ पुसदेखि १५ दिनका लागि सेञ्चुरी बैंकका सेयरधनीको कारोबार रोक्का हुने भएको बैंकले जनाएको छ ।

Copy link
Powered by Social Snap