२०८१ बैशाख १५

प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकता प्रदर्शन गर्नुपर्छ : प्रचण्ड





काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उमेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् ।



Advertisement



मुलुकमा फेरि राजनीतिक दुर्घटना निम्त्याउन नदिन आम मतदाताले आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउनुपर्ने उनको भनाइ छ ।



शनिबार चितवनमा आयोजित चुनावी सभामा प्रचण्डले प्रतिगमनकारीले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा राखे । उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।

सत्ता गठबन्धन विजयी भए मात्र मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर उनले गरे । संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन गर्नुपरेको उनले पटक–पटक दोहोर्‍याए ।

Copy link
Powered by Social Snap