२०७९ श्रावण २४
Advertisement

Advertisement

वडामा एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, अरू कसको कति ?

काठमाडौं  । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ  ।


Advertisement


आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत हो ।

एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको तथ्यांकमा उल्लेख छ । 

नेकपा (एमाले)ले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कुल मतको ३३.०३ प्रतिशत हो । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले एमाले पाएको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ । उसले १५ लाख तीन हजार २४७ मत पाएको छ ।

Copy link
Powered by Social Snap