२०८१ बैशाख २४

नागरिकता विधेयकमा सहमति खोज्न बालकोट पुगे गृहमन्त्री




काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।



Advertisement



नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् ।

उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सरकारले बजेट पारित भएलगत्तै नागरिकता विधेयक संसद्मा लगेर द्रुत गतिमा पारित गर्ने योजना बनाएको छ । 

Copy link
Powered by Social Snap