२०८० चैत्र १६

काठमाडौंबाट ५० केजी हेरोइन बरामद, विदेशीसहित १० बढी पक्राउ




काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा ५० केजी हेरोइन बरामद गरेको छ । सो क्रममा विदेशी नागरिकसहित १० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।



Advertisement



प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

ब्युरोले पत्रकार सम्मेलन गरेर घटनाबारे आधिकारिक जानकारी दिने तयारी गरेको छ ।

Copy link
Powered by Social Snap