२०८१ बैशाख १४

नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा आफ्नो प्रभावको रिपोर्टिङ लिने

नेकपा एकीकृत समाजवादीले चुनावी तयारीसँगै संगठनको कामलाई अघि बढाउने निर्णय गरेको छ।

बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सातै प्रदेशमा केन्द्रीय कार्यालयको तर्फबाट अनुगमन गर्न नेताहरू पठाउने निर्णय गरेको छ। 


Advertisement


एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूपश्चिममा  रामचन्द्र झालाई अनुगमनका लागि खटाएको छ।

उनीहरूले सातै प्रदेशमा भएका पार्टी कामको रिपोर्टिङ लिने र पार्टीको वास्तविक परिस्थिति के छ, संगठन कति बनेको छ भनेर जानकारी लिनेछन्। 

निर्वाचनमा गठबन्धन बनाउनेबारेमा समेत बैठकमा छलफल भएको थियो।

‘हामीले हात खुला गरेका छौं। गठबन्धन गरौं भनेका छौं। अन्य पार्टीले पनि आफ्ना निर्णय गरेका छन्,’उनले भने,’कांग्रेसले गरेको निर्णय गरेको छैन। उसले निर्णय गरेपछि अरू कुरा अघि बढ्छ।’

त्यस्तै, आजको बैठकले ‘जनतामा जाऊँ एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नारा तय गरेको छ।

Copy link
Powered by Social Snap