२०८० चैत्र १५

न ढिलो न चाँडो, निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : संविधानविद् आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन चाँडो वा ढिलो गर्ने छुट नरहेको बताएका छन्। उनले संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको बताएका छन्।


Advertisement


पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा ल्याएका हुन्।

उनका अनुसार प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको छ। ‘धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको छ,’ उनले भने।

यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले छ महिनाभित्र गर्नुपर्ने संविधानले व्यवस्था गरेको आचार्यले बताए।

‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। दलहरू यसतर्फ नलाग्ने कि?,’ उनले ट्वीटरमा लेखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेका छन्। सत्ता गठबन्धनका अन्य दलहरू पनि निर्वाचनबारे संविधानविद्सँग छलफल गर्ने तयारीमा छन्। 

Copy link
Powered by Social Snap