२०८१ जेष्ठ ६

प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा एक हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र एक हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Advertisement


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा आठ, भोजपुरमा चार, तेह्रथुम र उदयपुरमा तीन–तीन, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा एकरएक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap