२०८१ बैशाख ८

२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

Credit: CLICKMANDU

काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा धनी व्यक्तिको नाम सोधियो भने सजिलैसँग उत्तर दिनुहुन्छ । भन्नुहुन्छ, विल गेट्स ।

लामो समयसम्म अर्बपतिको सूचीमा एकछत्र राज गरेका गेट्सलाई पछार्दै इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोस अग्रस्थानमा आइसकेका छन् ।

एकवर्ष अघि बेजोसले गेट्सलाई पछि पार्दै सबैभन्दा धनीको नाम लेखाएपछि उनी दोस्रो भएका छैनन् । पछिल्लो समय बेजोसको सम्पत्ति २ सय विलियन डलर पुग्दा गेट्सको सम्पत्ति ११६ विलियन डलरमा सीमित भएको छ । अर्थात् गेट्सको तुलनामा बेजोस निकै अगाडि पुगिसकेका छन् ।

यसै क्रममा सबैभन्दा कान्छी अर्बपतिको सूचीमा भने २१ वर्षे एक युवतीले नाम लेखाउन सफल भएकी छिन् । फोब्र्सले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार युवा धनाढ्यको सूचीमा पर्न सफल भएकी युवती हुन् केइली जेनर । हाल उनी २३ वर्षकि भइसकेकी छन् ।

केइलीभन्दा अघि विश्वका सबैभन्दा युवा धनीका रुपमा फेसबुकका प्रमुख एवम् संस्थापक मार्क जुकरवर्गलाई चिनिथ्यो ।

जुकरवर्ग २३ वर्षको उमेरमा विश्वका युवा अर्बपतिमा नाम लेखाउन सफल भएका थिए । तर सन् २०१९ मा आइपुग्दा जुकरवर्गको स्थानमा कम उमेरमै फोब्र्सको धनाढ्यको सूचीमा नाम लेख्न सफल भएकी हुन जेनर ।

केइली जेनर टप मोडल किम कार्दशियन परिवारको सदस्य हुन् । केइलीको आमा क्रिज जेनर टेलिभिजन व्यक्तित्व भएकाले एक रियालिटी शो को होस्ट गरेकी थिइन । शोको नाम थियो ‘किपिङ विथ त कार्दशियन’ । उक्त शोबाट उनको परिवारले निकै चर्चा पाएको थियो ।

केइलीले १० वर्षको उमेरमा नै त्यस रियालिटी शोबाट निकै चर्चा पाइन । त्यहीबाट केइलीको फ्यान फलोइङ निकै बढेको थियो । सानै उमेरमा चर्चाको शिखरमा उक्लिएकी केइलीले १२÷१३ वर्षको उमेरमा नै विज्ञापन तथा क्याम्पियनको अफर पाइन । जसले गर्दा उनले सानै उमेरदेखि नै सम्पत्ति कमाउन थालेकी थिइन ।

जब उनी १७ वर्षको उमेरमा पाइला टेकिन तब उनले कम्पनीको नाम दिई व्यापारको योजना बनाएकी थिइन । उनले उक्त बिजनेसको नाम दिइन ‘केइली लिप किट्स फर द परफेक्ट पाउट ।’

त्यसभन्दा अगाडि नै उनीहरुले आफ्ना उत्पादित सामग्री सामाजिक सञ्जालमार्फत बेच्दै आएका थिए ।

त्यसअघि उनले सन् २०१५ मा मोडलिङ गरेर आफ्नो व्यापार शुरू गरिसकेकी थिइन् । उनले बनाएका लिप किट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन र बेच्न शुरू गरिन् ।

जब केइलीले नोभेम्बर २०१५ मा लिप किट सार्वजनिक गरिन् । त्यसबेला उनको इन्टाग्राम र ट्वीटरमा गरी कूल साढे पाँच करोड फलोअर थियो ।


Advertisement


आफ्नो भएको फलोअरलाई उनले सदुपयोग गरेकी थिइन् । जब उनले ३० नोभेम्बर २०१५ मा लिप किट सार्वजनिक गरिन् । साउनको बाढी जस्तै केही बेरमा नै सबै लिप किट बिक्री भयो ।

केइलीलाई यो कुरा निकै अप्रत्यासित जस्तै लाग्यो । आफूले उत्पादन गरेको सामानको यस्तो राम्रो प्रतिक्रिया पाउला भनेर केइलीलाई पनि विश्वास नै लागेको थिएन ।

केइलीले सामाजिक सञ्जालमै आफ्नो नयाँ उत्पादित सामग्रीबारे जानकारी दिन्छिन् । साथै, उत्पादन गरेको सामान आफै प्रयोग गरेर त्यसको नतिजा बताउने गर्छिन । केइलीको पहिलो टार्गेट युवती र महिला मात्रै छन् । कारण उनको फ्यान पनि उनीहरु नै बढी छन् ।

शुरुवातमा केइली सामाजिक सञ्जालमा मात्रै निर्भर थिइन् । केइली सामाजिक सञ्जालमा बजारीकरण गरिरहेकी थिइन् । तर, पछि व्यापार बढाउने उद्देश्यका साथ उनले सन् २०१७ मा अनलाइनको साथसाथै अफलाइन मार्केटबाट पनि बिक्री शुरु गरिन् ।

केइलीले अफलाइन बजार वृद्धिका लागि काइलीले ‘अल्टा’ सँग समझेदारी गरिन् । जसमा काइली ब्यूटी प्रडक्ट रिटेलरमा बिक्री गर्न सक्ने भइन् । अल्टाको सहायताले केइलीले अफलाइन मार्केटमा आफ्नो सामान बजारमा बिक्री गर्न थालिन् ।

अल्टासँगको साझेदारीपछि अफलाइन मार्केटमा पनि राम्रै उपस्थिती जनाउन सफल भइन् । अफलाइन मार्फत केइलीले प्रत्यक्ष रुपमा उपस्थित भई सामान प्रयोग गर्ने मानिसको लागि लक्षित गरिन् । जसले गर्दा केइलीको किट्सको व्यापार बढ्न थाल्यो ।

अल्टाको एक हजार बढी रिटेलर छन् । अल्टासँगको साझेदारीपछि करिब डेढ महिनामा नै केइली कस्मेटिक्सले ५४.५ मिलियन डलरको सामान बिक्री गर्न सफल भयो ।

केइलीले धेरैभन्दा धेरै सामान उत्पादन आउटसोर्सबाट हुन्छ । निर्माण र प्याकेजिङको काम केइलीले सिड ब्यूटि कम्पनीलाई जिम्मा दिएकी छिन् । कस्मेटिक्स सामान शोपिफाई कम्पनीले उपलब्ध गराउँछ ।

पछिल्लो समय केइलीले नयाँ नयाँ सामान सार्वजनिक गर्दै आएकी छिन् । उनले २०१९ को मे मा नै आफ्नो स्काइ लाइन प्रडक्ट सार्वजनिक गरिन् ।

सन् २०१६ केइलीको कुल सम्पत्ति ३०७ मिलियन डलर थियो भने २०१७ मा बढेर ३३० मिलियन डलर पुगेको थियो । त्यसैगरी २०१८ मा उनको कूल सम्पत्ति ३६० मिलियन डलर पुग्यो । जुन पहिलो र दोस्रो वर्षमा करिब ७ प्रतिशतले वृद्धि भएको थियो ।

क्रमशः सम्पत्तिमा वृद्धि हुँदै जाँदा सन् २०१९ मा उनले ६ सय मिलियन डलरका मालिक बनिन । केइली कस्मेटिक्स कम्पनीको एकल मालिक हुन् । हाल काइली ९०० मिलियन डलरको मालिक भइसकेकी छन् । र, फोब्र्सको सूचीमा सबैभन्दा कान्छी धनीको रुपमा आफ्नो नाम लेखाउन सफल भइसकेकी छिन् ।

Copy link
Powered by Social Snap