२०८१ बैशाख ६

पेट्रोल पम्पमा लाइन, निगम भन्छ, ‘बजारमा तेलको समस्या छैन’

बजारमा पेट्रोलियम पदार्थको समस्या नरहेको नेपाल आयाल निगमले जनाएको छ । गत शुक्रबार र शनिबार प्राविधिक तथा व्यवहारिक कारणले ढुवानी रोकिएकाले त्यसको प्रभाव बजारमा आंशिक परेको तर, आइतबार बिहानै समस्या हल भइसकेको निगमले जनाएको हो ।

सो बारे रातोपाटीलाई जानकारी गराउँदै निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले आइतबार बिहानै पूर्व देखि पश्चिम सबै ठाउँका पेट्रोल पम्पहरुमा तेल पठाइएको र कति पय स्थानमा ढुवानी जारी रहेको जानकारी दिए । 


Advertisement


‘बजारमा तेलको कुनै अभाव छैन । सम्बन्धित डिपो तथा पेट्रोल पम्पहरुमा तेल पुगिसकेको छ’ प्रवन्ध निर्देशक पौडेलले भने, ‘गत शुक्रबार आर्थिक वर्षको अन्तिम दिन भएकोले हिसाब मिलनको सन्दर्भमा र गत शनिबार बिदाको दिन परेकाले ढुवानीमा सामान्य समस्या आउछ बजारमा केही अभाव महशुस भएको हो । अहिले समस्या हल भइसकेको छ ।’

पौडेलका अनुसार आइतबार बिहानै देखि पेट्रोलियम पदार्थको ढुवानी शुचारु रहेकोमा अमलेखगञ्ज डिपोबाट मात्र पेट्रोल र डिजेल गरी एक सय ट्याङ्कर अर्थात् २ हजार किलोलिटर तेल वितरण भएको र उपत्यका भित्रको थानकोट डिपोबाट मात्र २२ गाडी अर्थात् ४ सय किलोलिटर तेल वितरण भइसकेको छ । 

थप एक हजार किलोलिटर तेल डिस्प्याच हुनेक्रममै रहेको पौडेलले जानकारी दिए । तथापि, पहिलो पटक निगम बैंक टु बैंक म्यानुअल्ली ट्रान्जेक्स (ईआरपी) प्रणालीमा गएकाले पेमेन्ट साथै ढुवानीमा सामान्य समस्या आउदा गत २ दिन बजारमा केही स्थानमा तेलको अभाव देखिन गएको पौडेलले बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap