२०८० चैत्र १६

कलाकार निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ । 

कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ ।


Advertisement


तीन वर्षअघि भारतको देहरादुनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै घिमिरे घरमै थिइन् । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने भएको छ । 

यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।

Copy link
Powered by Social Snap