२०८३ कार्तिक १२

ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा धनुषामा एकजनाको मृत्यु

२२ जेठ, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।  ना ४ त १६८२ नम्बरको ट्याक्टरमा रा ६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।


Advertisement


दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जीवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap