२०८३ कार्तिक २९

लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

लुम्बिनी प्रदेश सरकारले श्रोत अस्पतालहरुलाई एचडीयू, आईसीयू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको छ ।

स्रोत सुनिश्चितता भएका अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुगमनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।


Advertisement


मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्थ्स्य मन्त्रालयसँग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । 

बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याब स्थापन गर्ने निर्णय गरेको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गले नजिकका पहाडी जिल्लाका लागि निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

बैठकले कोभिड–१९ नियन्त्रण तथा चेन ब्रेकको लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको केसीले बताए । निषेधाज्ञा हटाउनु पर्ने भएमा सम्बन्धित जिल्लाले प्रदेश सरकारसँग समन्वय गर्नु पर्ने निर्णय गरेको छ । 

बैठकले स्वाव संकलन गर्न चाहिने भिटिएम लगायतका सामग्रीको अपर्याप्तता भए जिल्ला स्थित स्वास्थ्य कार्यालयले प्रदेश सरकार लगायतबाट प्राप्त बजेट श्रोतबाट खरिद गर्ने व्यवस्था मिलाउने, स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि नजिकको जिल्लामा रहेको ल्याबबाट परीक्षण गर्ने र सोको समन्वय सम्बन्धित प्रमुख जिल्ला अधिकारीले मिलाउने लगायतका निर्णय गरेको  केसीले बताए ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap