२०८२ पुष ६

नेपाल पत्रकार महासंघ निर्वाचनः भक्तपुरमा उपत्यका प्रदेशका पदाधिकारीलाई कति मत खस्यो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनलगत्तै उपत्यका प्रदेशका पदाधिकारीहरको मत सार्वजनिक भएको छ । जसमध्ये अध्यक्षका उम्मेद्वारा श्रीजन झालाई १२५ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्धी रामचन्द्र खड्कालाई ४३ मत प्राप्त भएको छ ।


Advertisement


त्यस्तै उपाध्यक्षमा खुल्ला उम्मेदवारी दिएका विदुरबहादुर लामालाई १११ मत प्राप्त भएको छ भने उनका उनका प्रतिद्वन्द्वी विनोदकुमार चौंलागाईलाई ५२ मत प्राप्त भएको छ  । त्यस्तै महासचिवका उम्मेद्वार टेकबहादुर रोका (टेनिस)लाई ११८ मत प्राप्त भएको छ भने सविन शर्मालाई ४६ मत प्राप्त भएको छ ।

रोशनराज पाण्डे (सचिव खुल्ला) लाई ११३ मत प्राप्त भएको छ भने कालिबहादुर महत र केदारबहादुर भट्टराईलाई १३ र ३५ मत प्राप्त भएको छ । त्यस्तै समावेशीबाट सचिव पदको उम्मेद्वार रहेका अमर भुजुलाई १४६ मत प्राप्त भएको छ भने रञ्जित तामाङलाई २५ मत प्राप्त भएको छ । त्यस्तै कोषाध्यक्षका उम्मेद्वार अर्जुन पन्तलाई ९१ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्वी जयराम बास्तोलालाई ७७ मत प्राप्त भएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap