२०८२ मंसिर २४

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ।  सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा  बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।


Advertisement


प्रचण्ड–नेपाल पक्षका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र गंगालाल तुलाधरले एक सूचनामार्फत पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर गरेका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ ।

साभार: रातोपाटी

Copy link