


काठमाडौं । माछापुच्छ्रे बैङ्कले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा नै बैङ्क पहिलो आफ्नै मोवाइल वालेट ‘रेमिट्याप’ संचालनमा ल्याएको छ ।
बैकिङ्ग क्षेत्रमा विभिन्न ट्रेन्डसेट गर्दै आइरहेको माछापुच्छ्रे बैङ्कले बिशेषगरी डिजीटल बैकिङ्गमा नयाँनयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरुमाझ संचालन गर्दै आएको छ ।
Advertisement




यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले आफ्नै मोवाइल वालेट संचालनमा ल्याएको हो । रोबस्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाइल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ ।
रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै एकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।
यसका साथै रेमिट्याप विशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।
यसबाहेक रेमिट्याप वालेट भित्र अन्य विभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अंग्रेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास माछापुच्छ्रे बैङ्कले लिएको छ ।
साभार: रातोपाटी





