२०८३ कार्तिक २९

निर्वाचनले विकासका काम रोकिँदैन : नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए । 


Advertisement


तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा हेंवा खेला पुल ९बेली ब्रिज०को आज शिलान्यास गर्नुहुँदै मन्त्री नेम्वाङले सरकार निर्वाचनमा जुटे पनि पूर्वाधार विकासमा कुनै पनि असर पर्न नदिन उत्तिकै सचेत रहेको बताए । “विकासका आयोजना र सामाजिक सुरक्षाका क्षेत्रमा कहीँ पनि बजेट अभाव हुने छैन”, मन्त्री नेम्वाङले भने, “बरु सबै सरकारी निकाय बजेट खर्च बढाउनुपर्ने आवश्यकता छ ।” 

१४८ किलोमिटरको तमोर करिडोर सडकको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिँदै मन्त्री नेम्वाङले यो सडक दुई छिमेकीलाई जोड्ने सबैभन्दा द्रुत र प्रभावकारी सडकका रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

यो सडकका कारण पूर्वी पहाडका धेरै सर्वसाधारणको आर्थिक स्थितिमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने, “राम्रो गोरेटोबाटो नभएको ठाउँमा दुई लेनका सडक पु¥याइएको छ । यही नै विकास र परिवर्तन हो ।” पूर्वाधार विकाससँगै स्थानीयवासीको आयआर्जन अभिवृद्धिमा स्थानीय सरकार केन्द्रीत हुनुपर्नेमा मन्त्री नेम्वाङले जोड दिए ।

तमोर करिडोरको ट्र्याक खोलिएसँगै सडक सञ्चालनमा ल्याउन पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय फिदिमले हेंवा खोलामा ५४।७५ मिटरको पुल (बेली ब्रिज) निर्माण थालेको हो । ४।२ मिटर चौडाको यो पुलको कूल लागत रु ९६ लाख ७५ हजार रहेको योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । ३२ टन कूल भार क्षमताको यो पुल आगामी तीन महिनामा निर्माण सम्पन्न हुने न्यौपानेले बताए । 

तमोर कोरिडोरमा १७ वटा पुल निर्माण गर्नुपर्नेमा हेंवा खोलामा बेली ब्रिज र सुभाङ खोलामा ट्रिपल सेल बक्स कल्भर्ट निर्माण गर्न लागिएको उनको भनाइ छ । १४८ किलोमिटरको तमोर करिडोर सडकको चार किलोमिटर ट्र्याक मात्रै खोल्न बाँकी रहेको छ ।

यो सडक चतराबाट मुलघाट–माझीटार–सुभाङखोला हुँदै गणेशचोक पुग्दछ । सुभाङखोलाबाट चीनसँग जोड्ने ओलाङचुङ्गोला सडक निर्माणाधीन छ ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap