२०८३ कार्तिक २९

नेकपा छोड्ने पहिरो : ५१ जना काँग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए ।


Advertisement


नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश गर्नेमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेम बहादुर कार्की, तुला बहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बबहादुर मोक्तान, पाशङ लामा, मोति घिसिङ, शन्देश लामा, गोपि खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज बहादुर लामा, प्रकाश थापा, शुजन मोक्तान, सागर योण्जन, सुरेन्द्र पण्डित, गडेश पण्डित, राज कु थामी, रबिन मोक्तान र अम्बर मगर रहेका छन् ।

यस्तै मीन न मगर, दम्बर मगर, मीन बहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ , शम्भु श्रेष्ठ ,  रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत ५१ जना काँग्रेस प्रवेश गरेका हुन् ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap