२०८३ कार्तिक १२

शिक्षकमा कोरोना देखिएपछि झरुवारासीमा विद्यालय बन्द

२४ मंसिर, काठमाडौं । ललितपुरको गोदावरी–१३, झरुवासीस्थित नवज्योति माध्यमिक विद्यालयले तीन दिन पठनपाठन बन्द गरेको छ ।

दुई शिक्षकमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि मंसिर २५ देखि २७ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक हरिहर लामिछानेले जानकारी दिए ।


Advertisement


लामिछानेका अनुसार तीन दिनका लागि नर्सरीदेखि कक्षा १२ सम्मको पढाई बन्द गरिएको हो । संक्रमित दुबै शिक्षक होमआइसोलेसनमा रहेको विद्यालयले जनाएको छ ।

नेपाल अभिभावक महासंघले भने कोरोनाको जोखिम अन्त्य नभईसकेकाले तत्काल फेसटुफेस पढाई नगर्न आग्रह गरेको छ ।

‘एकदमै सुरक्षित ठाउँमा बाहेक अहिले विद्यालय गर्न हतार नगरौं, अहिलेलाई वैकल्पिक उपायमै जानु पर्दछ’ महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘ठूला विद्यार्थी पढ्ने विश्वविद्यालय नै खोल्न नसकीरहेका बेला विद्यालय खोल्न आत्तिनु हुँदैन ।’

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap