२०८३ कार्तिक ११

चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

चीनका रक्षामन्त्री आज आइतबार नेपाल आउने भएका छन्।

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।


Advertisement

साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ।

रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap