२०८३ कार्तिक १२

प्रधानमन्त्रीले प्रचण्डलाई १० दिन पछि “काउन्टर उत्तर” दिने

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो।

‘प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको छ। त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो,’म त्यसको तयारीमा छु। केही समय लाग्छ।’


Advertisement


कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनैपनि बैठक गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री ओली आजको बैठक सार्ने तयारीमा थिए।

तर सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री नआएपनि बैठक राख्ने भनेपछि प्रधानमन्त्री बैठकका लागि तयार भएका हुन्।

साभार: सेतोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap