२०८३ कार्तिक १२

‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्डद्वारा दीपक राज जोशी सम्मानित

काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीइओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको छ। 

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।  


Advertisement


दक्षिण एशियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्।  

विश्वभरीबाट नामाङ्कन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केनियाका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन।  

अवार्ड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यबाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap