२०८३ कार्तिक १२

गाउँपालिका अध्यक्ष बिष्टमाथि कुटपिट गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

साभार: रातोपाटी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ।  काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग माग गरिएको छ ।

गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको थियो। नेपाली काँग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको दुई दिन बितिसक्दा कुटपिटमा संलग्नलाई राज्यले कुनै पनि कारबाही नगर्नुलाईकाँग्रेसले अत्यन्तै दुःखद घटनाका रुपमा लिएको पौडेलले बताए । 


Advertisement


गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा प्रहार हुँदा टाउकोमा चोट लागेको थियो। गाउँपालिका केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीय बासिन्दाले गाउँपालिकामा तालाबन्दी गरेका थिए।

यस घटनामा अध्यक्ष बिष्टसहित १४ जना पनि घाइते भएका थिए। जसमा ५ जना प्रहरी पनि घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap