२०८३ कार्तिक ११

नेता/कार्यकर्तालाई जनार्दन शर्माले भने- समयसँगै ‘अपडेटेड’ हुनू




डायरीमा काम गर्ने रूटिन र दिमागमा योजना नभएको नेता/कार्यकर्तालाई अब माओवादी पार्टीमा सजिलो नहुने माओवादी (केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताएका छन्।


Advertisement


भक्तपुरको ठिमीमा मंगलबार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता शर्माले नेता/कार्यकर्ताले अबको पार्टी आन्दोलनमा आफूलाई समयसँगै ‘अपडेट’ नगरे ‘आउट डेटेड’ हुने पक्का भएको बताएका हुन्।

बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहेका नेता शर्माले फरक प्रसंगमा ‘समय बदलिएको तर राजनीतिक दलका नेता कार्यकर्ताहरूले परिवर्तित समयको बहाव समात्न नसकेको विचार राखेका हुन्।



शर्माले अभियानका सम्पूर्ण कार्यक्रम स्थानीयलाई केन्द्रमा राखेर बनाउन निर्देशन दिँदै अगाडि भने, ‘जनताको कुरा के छ?जनताहरू के चाहन्छन्? सुझाव लिनुस् र सबै अभियानलाई त्यसैको सम्बोधन हुने गरी कार्यक्रम निर्माणमा केन्द्रित गर्नुस्!’ 

माओवादी (केन्द्र) ले केन्द्रदेखि वडासम्मको कार्य विभाजन गर्दै जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभर सञ्चालन गरिराखेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap