


काठमाडौं । सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।
Advertisement


अहिले ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।

सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन ।






