२०८३ कार्तिक १२

७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

२०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए।


Advertisement


पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए।

प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ।



पछिल्लो पटक प्रधानमन्त्री दाहालले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका हुन्।

माओवादीबाट मन्त्री रहेका अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएर दाहालले उक्त मन्त्रालयमा जनमत पार्टीकी साहलाई जिम्मेवारी दिएका हुन्।

नवनियुक्त मन्त्री साहले सोमबार बिहान शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएर सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणसमेत गरेकी छन्।

अहिलेको सरकारमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap