२०८३ कार्तिक २९

प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई




अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुनलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।


Advertisement


संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा यही साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा प्रदान गरिनेछ ।



उहाँलाई रु ५० हजारसहित सम्मान गर्न लागिएको हो । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको सम्झनामा नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ । काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

यसअघि उक्त पुरस्कार वरिष्ठ पत्रकार स्व विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व दयावीरसिंह कङ्साकार, डा गौरीशङ्करलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जनालाई प्रदान गरिसकिएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap