२०८३ कार्तिक १३

नेपालमा धेरै क्रान्ति भए तर देशले अझै राजनीतिक स्थिरता पाएन : प्रथम राष्ट्रपति




पूर्वराष्ट्रपति रामवरण यादवले देशको विकास गर्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। नेपालमा धेरै क्रान्ति भए पनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेको उनले बताएका छन्।


Advertisement


मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेपालका प्रथम राष्ट्रपति यादवले जनताको तहसम्म परिवर्तन नपुगेको बताए । 

‘नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो,’ उनले भने, ‘मैले त्यसमा भूमिका राम्रै निर्वाह गरेँ, तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन ।’ 



प्रतिष्ठानले मीनकुमारी स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेको थियो । सबै पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ छ । 

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्‍याएको चर्चा गरे।

सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap