२०८३ कार्तिक १३

सभामुख निर्वाचनमा यी हुन् अनुपस्थित हुने ६ जना सांसद




नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्।


Advertisement


बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी थिइन्।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा बिहिबार २६८ जना उपस्थित थिए। मतदान प्रक्रियामा सहभागी नभएका ७ जनामध्ये राप्रपाका सांसद सभाध्यक्षको भूमिकामा छन्।



यस्तै अन्य अनुपस्थित हुने सांसदहरूमा नेपाली कांग्रेसका ३ जना, माओवादी केन्द्र र नेकपा एमालेका १-१ जना थिए।

माओवादी केन्द्रका वर्षमान पुन अस्पतालमा उपचाररत छन् भने नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र कांग्रेसका बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राज भण्डारी अनुपस्थित रहे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap