२०८३ कार्तिक १३

राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस




राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उक्त विधेयकसभासमक्ष पेस गरेकी हुन्।


Advertisement


मन्त्री पौड्यालले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरूरी भएको बताइन्।

उनले मुलुकको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारिन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए।



बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो।

बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दीगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap