२०८२ माघ २५

उपसभामुख निर्वाचन माघ ७ मा हुने




यही माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ।


Advertisement


ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्।



उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्।

उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन।

Copy link
Powered by Social Snap