


नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ।
Advertisement


शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको महासचिव देव गुरूङले जानकारी दिए।

टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्।
यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ।
महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन छ।






