२०८३ कार्तिक २९

कांग्रेस संसदीय बैठक: कार्यसमितिलाई पूर्णता दिने निर्णय




नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ। 


Advertisement


शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 



यस प्रक्रियालाई यथाशीघ्र सुरू गरिने पनि उनले बताए। यस्तै अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने भएको छ।

त्यसदिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। 

दलको बैठकले मतदाता, पार्टीका कार्यकर्ता, निवर्तमान सरकार, लगायतलाई धन्यवाद पनि ज्ञापन गरेको छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap