२०८३ कार्तिक २३

स्ववियु निर्वाचनमा लाग्न अखिल (क्रान्तिकारी) लाई प्रचण्डको निर्देशन




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) लाई चुनावमा लाग्न निर्देशन दिएका छन्।


Advertisement


बिहीबार अखिल(क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएको अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ।

प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरूलाई सहमतिमा ल्याउनुपर्ने बताए।




उनले पञ्चा सिंह नेतृत्वको कमिटीले नै संगठनका समस्या समाधान गर्नुपर्ने बताए।

आफ्नो तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रचण्डले नराम्रो केही नगर्ने बताए। यसपटक ऐतिहासिक काम गर्ने उनको दाबी छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap