


काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुट्नुमा सभापति शेरबहादुर देउवाकै कमजोरी भएको टिप्पणी गरेका छन् ।
Advertisement


उनले संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार सभापति देउवालाई पार्टीभित्रबाट कुनै त्यस्तो दबाब थिएन जसरी गठबन्धन एकाएक टुट्यो ।

“सभापतिलाई मैले अन्तिम समयसम्म पनि यो गठबन्धन टुटाउन हुँदैन भनेकै हुँ,” पौडेलले भने, “सभापतिलाई पार्टीभित्रबाट दबाब थिएन, छलफलमै रहेका पार्टीका नेताहरुले पनि हिजो बेलुकासम्म गठबन्धन टुट्न हुँदैन भनेका थिए तर बिहान एकाएक कुरा फेरे ।”






