


काठमाडौं । नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संघीय संसद् सचिवालयले ‘क्लिन चिट’ को स्वागत गरेको छ ।
Advertisement


जबराविरुद्धको महाअभियोग सिफारिस समिति सदस्य समेत रहेका एमाले नेता लालबाबु पण्डितले गएको संसद्को कार्यकाल अन्त्य भएकै समयमा उनले क्लिन चिट पाउनुपर्ने भए पनि अहिले ढिला गरी निर्णय लिइएको उल्लेख गरे ।

“हामी महाअभियोग प्रस्ताव समितिले गर्न नसकेको काम अहिले भएको छ । गएको संसद् अन्त्य भएसँगै उहाँसँग सर्वोच्च जान पाउने अधिकार रहन्थ्यो,” उनले भने, “सरकार र संसद् सचिवालयले बेलैमा चिठी दिनुपर्थ्यो ।”
जबराको कार्यकाल सकिन पाँच दिन बाँकी रहँदा क्लिन चिट दिनुले सरकारको जालझेल पनि सफल हुन नसकेको टिप्पणी उनले गरे । “यतिकै उहाँलाई क्लिन चिट नदिई बिदाइ गर्ने सरकारको उद्देश्य थियो । तर, पाँच दिन समय रहँदा क्लिन चिट दिनु भनेको यति समय जालझेल गरेर रोक्न सफल भयौँ, अब लाज पचाउन नसकिने भयो भनेर हो,” उनले भने ।






