


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम मुलुकका लागि हितकार नभएको टिप्पणी गरेका छन्।
Advertisement


शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थापित दलहरू माथि नै प्रश्न उठ्ने किसिमको परिणाम मुलुकका लागि हितकार नभएको बताएका हुन्।
ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने उनले बताए।

‘लोकतन्त्रमा दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता छ। तर जे परिणाम आएको छ के त्यो सु:खद छ त? पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा। तर त्यसमा पार्टीभन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको हो कि? जे परिणाम आएको छ यसले दलहरूको भविष्यप्रति घण्टी बजेको छ,’ उनले भने।
सचेत समुदायले दलहरूलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने उनले बताए।






