२०८१ बैशाख १८

पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी 




काठमाडौं । रमेश केसी काठमाडौं ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार हुन् ।

साढे २ दशकदेखि सामाजिक अभियानमा सक्रिय केसीले आफ्नै कालमा परिवर्तनका लागि स्वतन्त्र उमेदवारी दिएको बताउँछन् ।



Advertisement



“अहिले पनि घरदैलो अभियानमै छु,” कुरा गर्दै केसीले भने, “नेपालीको पहिचान वीर गोरखाली भन्ने छ । तर अहिले हामी सबैतिरबाट कमजोर भएको देखिएको छ । त्यसैले हामी कमजोर होइनौं है भन्ने सन्देश दिनका लागि पनि मैले क्रस खुकुरी चुनाव चिह्न लिएको हुँ ।”

उनले भविष्यको खोजीमा विदेशिएका सन्ततीलाई नेपाल फर्किने वातावरण बनाउन पनि आफूले उमेदवारी दिएको बताउँछन् ।



“अहिले पनि दैनिक युवाहरु भिसाको खोजीमा भौतारिइरहेका छन्,” उनले भने, “नेपालमा उत्पादन नहुँदा आयात र निर्यातमा समानता कायम हुन सकेको छैन । त्यसलाई सन्तुलन नमिलाई नेपालको विकास सम्भव छैन । मैले जित हासिल गरेँ भने त्यसका लागि पहल गर्नेछु ।”

उनले समाजमा राम्रो काम गर्नेहरु मतदाताको दैलोमा पुग्नै नपर्ने बताउँदै अहिले ठूला दलले काम गर्न नसक्दा जनताको घरघरमा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

“हामी स्वतन्त्र चुनाव लडेकाले समय पनि थोरै पायौँ,” उनले भने,“त्यो समयले पनि हामीलाई पुग्दोरहेनछ । तर पनि म धेरै उत्साही भएको छु । मतदाताकहाँ पुग्दा राम्रो रेस्पोन्स गर्नुभएको छ । मैले काम गर्न सक्छु भन्ने आत्मविश्वास जगाएको छ ।”

Copy link
Powered by Social Snap