


काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंसहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
Advertisement


आइतबार आयोगले आचारसंहिता लागु भइसकेको अवस्थामा चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडितका नाममा चामल वितरण गरेकोबारे प्रश्न गरेको छ ।
“निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?,” आयोगले सोधेको छ ।

आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
साथै निर्वाचन आचारसहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? भन्ने प्रश्नको जवाफ दिन पनि भनिएको छ ।







