२०८३ कार्तिक ३०

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 


Advertisement


बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालको उपस्थिति रहेको छ । 

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतको पनि सहभागिता छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा तथा आगामी तय हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap